Trending
समाज निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका छिट्टै आउँछ : शिक्षामन्त्री भट्टराई अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचापछि गाजामा घातक हमला आर्थिक उद्योगी व्यवसायीलाई पनि सरकारी वरीयताक्रममा राख्नुपर्छ : चन्द्र ढकाल राजनीति वरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्तामा नियुक्त अन्तर्राष्ट्रिय अफगानिस्तानमा वर्षा र असिनाले ३५ जनाको मृत्यु, २३० घाइते समाज देशभरका विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति ललितपुर महानगरले उठायो लक्ष्यभन्दा बढी राजस्व राजनीति सिमलताल घटना : कार्यदलले काम थाल्यो समाज मोहर्रम पर्व मनाउँदै मुस्लिम समुदाय समाज वायुसेवा निगमले तिर्‍यो ४३ कराेड ९ लाख ऋण

महाधिवेशनमा झलनाथ र घनश्याम मिलेर जाने सहमति


काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पार्टीका महासचिव घनश्याम भुसालबीच आज भेटवार्ता भएको छ।

भेटका क्रममा दुवै नेताहरूले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको भुसालले जनाएका छन्।

नेतृत्व निर्माण गर्ने सम्बन्धमा पनि समझदारीपूर्वक अगाडि बढ्ने सहमति भएको उनले दावी गरेका छन्।

अन्य विषयमा थप छलफल गरी निर्णय गरिने पनि समझदारी बनेको भुसालले बताएका छन्।

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ। त्यसमा पार्टी अध्यक्ष माधव नेपाल र नेता खनालले नेतृत्वमा आ-आफ्नो दावी प्रस्तुत गर्दै आएका छन्। नेपाल र खनाल दुबैजना भुसाललाई महासचिवमै दोहोर्‍याएर आफू अध्यक्ष हुन चाहन्छन्।

यसै सन्दर्भमा खनाल र भुसालबीच खनालनिवास डल्लुमा भेटवार्ता भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP