Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

शिक्षा अझै पनि सर्वसुलभ र व्यावहारिक छैन : सभामुख घिमिरे


काठमाडौं : सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन जरुरी रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताए। उनले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए।

उनले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भई प्राकृतिक स्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताए। उनले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए।

उनले शिक्षालाई सर्वसुलभ बनाई, शिक्षा जीवनोपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसावबाट अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ। शिक्षा व्यवहारिक हुन सकिरहेको छैन। शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गरेको छैन। त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा यहाँका विभिन्न जातजातिहरुको, विभिन्न संस्कार, संस्कृतिहरुको, धनी र गरिवहरुबीचको, सुविधा सम्पन्न शहर र धेरै दुर्गम ठाउँको र नेपालको विशिष्टतामा आधारित देहायका प्राकृतिक स्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा, यहाँको पर्यापर्यटनहरुका विभिन्न क्षेत्रहरुको उद्घाटन गर्ने सन्दर्भमा कसरी यसलाई प्रयोग गर्न सकिन्छ? भन्नेबारेमा त्यस दिशामा यसले धेरै जमर्कोहरु गरिरहेको छ। तदनुकूलको पाठ्यक्रमहरु निर्धारण गर्ने, तदनुकुलका दक्ष शिक्षकहरु राखेर प्रशिक्षण दिने, यि कामहरुमा कोशषि गरिरहेको छ। तर जुन किसिमबाट विकास गर्नुपर्ने हो, प्रतिकुलताका कारण सकिरहेको छैन। शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ।’

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताए। उनले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP