काठमाडौँ : सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएको भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने माग गर्दै यति ठूलो संख्यामा विद्यार्थी फेल हुनुको दोष सरकारमाथि थोपरेका छन्।
शुक्रवार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन्।
सांसदहरुले धेरै विद्यार्थी अनुत्तीर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु हो भनिन्।
उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताइन्। उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन्।
‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडि ठूलो प्रश्नचिह्न खडा गरेको छ। ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै‚ शिक्षा प्रणाली नै र सरकार नै असफल हुनु हो‚’ उनले भनिन्‚ ‘शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो होला? मनोविज्ञान कस्तो होला? शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ यिनीहरु किन अनुत्तीर्ण भए? विद्यालयको कमजोरी हो कि? शिक्षा नीतिको कमजोरी हो? जरो पत्ता लगाऔँ।’
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भनी प्रश्न गरे। उनले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको बताए।
उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए।
‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो? सरकारका असफलताका कारणले विद्यार्थीहरुलाई अयोग्य ठहराइयो। सरकारले यस वर्ष पास र फेलको प्रणाली विकास गरेको छ‚’ उनले भने‚ ‘५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारलाई २ लाख ४२ हजार ३१३ जना विद्यार्थीलाई तिमी अयोग्य हौ‚ पढेर खान सक्दैनौँ। उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ?’
बैठकमा जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले विद्यार्थी अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन्। उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने भनि प्रश्न गरिन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया