कृष्णनगर, १७ असार ।
कपिलवस्तुकाे कृष्णनगर यातायात प्रालिले टेम्पो, ई-रिक्सा व्यवसाले आफ्नो रुट विपरीत चलाएपछि यातायात व्यवसायीले अनिश्चितकालिन यातायात बन्द गर्ने चेतावनी दिएकाे छ । कृष्णनगर यातायातले कृष्णानगर नगर कार्यपालिकाले २०८१ बैशाख ९ गते बसेको बैठकबाट विविध प्रस्तावकाे १ को निर्णय नम्बर११ को उपदफा को निर्णय न.४ मा टेम्पू तथा ई–रिक्सा व्यवस्थापन गर्न कृष्णनगर नगरपालिकामा दर्ता भए टेम्पू तथा ई–रिक्सा मात्र चलाउने पाईने भन्दै निर्णय भएकाे थियोे ।
मेन रोडमा चल्ने व्यवसायीहरुलाई यातायात व्यवस्था नियमावली तथा अदालतको निर्णय बमोजिम व्यवस्थित हुन अलग-अलग रुटमा चल्ने यस्ता व्यवसायीहरु आलोपालो प्रणालीमा संचालन गराउन नगरपालिकाले टेम्पू व्यवसायीलाई दर्ता नम्बर दिने व्यवस्था रहेकाे छ ।
नगरपालिकामा दर्ता नम्बर अंकित व्यवसायी मात्र संचालन गर्नुपर्ने भनि सर्वसम्मतिबाट निर्णय भएकोले साे निर्णय अनुसार कृष्णानगर नगरपालिकाले टेम्पू व्यवसायीबाट कुनै कामकाे कार्यान्वयन नभएको जनाएको छ । कृष्णनगर यातायातले अलपत्रमा रहेको भन्दै २०८१ असार २० गतेदेखि अनिश्चित कालसम्मको लागि यातायात बन्द हुने गर्ने चेतावनी दिएकाे छ ।
कृष्णानगर यातायात पालि, पश्चिमाञ्चल बस व्यवसायी, नमस्ते राप्ती यातायात प्रालि, सजिलो कृष्णनगर यातायात प्रालि र प्राचीन कपिलवस्तु यातायात प्रालि संयुक्त रुपमा अनिश्चितकालिन रुपमा यातायात बन्द गर्ने भन्दै कृष्णनगर नगरपालिका र इलाका प्रहरी कार्यालय कृष्णनगरमा जानकारी पत्र पठाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया