कृष्णनगर, १८ असार ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाले लक्षित वर्गलाई फलफूलकाे बिरुवा वितरण गरेकाे छ । नगरपालिकाले लक्षित वर्गका लागि प्रत्येक घरमा ५ ओटा फलफूलकाे बिरुवा वितरण गरेकाे जनाएको छ ।
नगर उप-प्रमुख आरती देवी चाैधरीका सल्लाहकार भरत किशाेर चाैधरीले एक कार्यक्रमबीच फलफूलका बिरुवा वितरण गरेका हुन् । उनले पाेषणलाई मध्यनजर गर्दै फलफूलका बिरुवा वितरण गरिएको बताए । उनले लाभग्राहीले यसकाे संरक्षणमा ध्यान दिनुपर्ने आग्रह गर्दै पाैष्टिक आहार भएकाेले सबैले फलफूलकाे बिरुवा लगाउनुपर्नेमा जाेड दिए ।
नगर प्रमुख रजत प्रताप शाहले पाेषण कार्यक्रम अन्तर्गत फलफूलकाे बिरुवा लक्षित वर्गलाई उपलब्ध गराइएको बताए । जसमा आँप, लिची, निँबु, अनार जातकाे फलकाे बिरुवा वितरण गरिएको उनले बताए । सबैलाई पाेषण अति आवश्यक भएकाेले घर-घरमा फलफूलका विरुवा अनिवार्य लगाउनुपर्ने मेयर शाहकाे भनाई छ ।
कृषि विकास शाखाका प्रमुख सुदीप माैर्यले १८ सय ५० ओेटा आँप, ११ सय ओेटा लिची, निँबु ८ सय र अनार ८ सय ओटा वितरण जानकारी दिए । प्रत्येक घरमा ५ ओेटाकाे दरले फलफूलका बिरुवा वितरण गरिएको उनले जनाए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया