काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन्। उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए।
उनले निर्वाचन प्रणालीका कारण राजनीतिक पार्टीहरु अल्पमतमा हुने गरेका भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए। उनले व्यक्ति नभई पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए। उनले खर्च कम गर्नका लागि राष्ट्रपति, मुख्यमन्त्री, पालिका प्रमुख र प्रतिनिधिसभा सदस्य तथा प्रदेश र पालिका सभाका सदस्यहरुको एकै दिन निर्वाचन गर्नुपर्ने बताए।
उनले भने ‘नेपाल राष्ट्रलाई सधैँ गरिब हुन प्रेरित गर्ने हामीले अवलम्वन गरेको यो संसदीय शासन प्रणाली र निर्वाचन प्रणाली नै हो। अब साहस गरेर नेपालको संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा प्रवेश गरौँ।’ राष्ट्रियसभा सदस्य गौतमले नेपालका सबै कृषियोग्य भूमिलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताए। उनले सरकारले भूमिपतिहरुलाई चलन चल्तीको मूल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए। यसो गरेमा नेपालको समृद्धि शुरु हुने उनको भनाइ छ।
उनले भने ‘म जतिसक्दो छिटो नेपालको सम्पूर्ण कृषि उत्पादनको भूमि राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्छु। संसारका अरु सबै मुलुकहरुले राष्ट्रियकरण गर्दा कुनै मुआब्जा दिएनन्। तर नेपालको कृषि भूमि नेपाली जनताले रगत, पसिना लगानी गरेर आर्जन गरेको हुनाले सरकारले भूमीपतिहरुलाई चलन, चल्तीको मुल्य प्रदान गरेर राष्ट्रियकरण गर्नुपर्छ। मूल्यवापत् अहिले नेपाल सरकारले बैंक ग्यारेन्टी दिनुपर्छ।’
राष्ट्रियसभा सदस्य गौतमले गणतन्त्रमा पनि बजेटको ढाँचा परिवर्तन नभएको भन्दै बजेटप्रति आफ्नो भन्नु केही नरहेको बताए। जति विनम्र भएर अनुरोध गरे पनि अथवा जति विद्वता पस्किए पनि बजेटमा केही थपथाप नहुने भन्दै आफ्नो आलोचनात्मक समर्थन रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया