Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

कैलालीमा बाढीले बगाउँदा युवतीको मृत्यु, भजनी नगरक्षेत्र जलमग्न


काठमाडौं : बाढीले बगाउँदा कैलालीको गौरीगङ्गा नगरपालिकामा एकजनाको मृत्यु भएको छ।

कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। प्रहरीका अनुसार काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो।

यता कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ। घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।

बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। ‘वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्। यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्’, नगरप्रमुख चौधरीले भने, ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने? पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन।’

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ। भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP