आहारपूरक सामग्रीको बिक्रीमा सहजीकरण गर्न सरकारको ध्यानकर्षण


काठमाडौं ः नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) ले औषधि पसलबाटै बिक्री हुँदै आएको आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायतका बिक्रीमा असहज उत्पन्न नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

एनएनसीएको हालै बसेको बैठकले मानिसको शरीरलाई आवश्यक भिटामिन, क्याल्सियम, आइरन लगायतका आहारपुरक चिकित्सककै सल्लाहमा सेवन गर्नुपर्ने भएकाले फार्मेसी भन्दा बाहिर बेच्न सकिदैन तर औषधि व्यवस्था विभागले भने खाद्य विभागमा दर्ता हुने भएको भन्दै फार्मेसीमा बेच्न नदिन दबाब दिंदै आएको छ। त्यसैले एनएनसीएको बैठकले समाधानका लागी सरकारको ध्यानकर्षण गराएको हो।

यस्तै बैठकले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनकालागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको छ। उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ करिब ३ महिना अगाडि स्थापना भएको एनएनसीएको पहिलो बैठक बसेको हो।

बैठकले आहारपुरक र सौन्दर्यवद्र्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही गर्ने र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण र सहयोग गर्ने समेत निर्णय गरेको अध्यक्ष विप्लभ रञ्जितले जानकारी दिए।

उक्त बैठकमा एनएनसिएले स्थापना कालदेखि आजसम्म करिब २ महिनाभित्र गरेका गतिविधि समेटेर एनएनसिएका केन्द्रीय महासचिव सुरज पौडेलले सांगठानिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमा महासचिव पौडेलले अहिले बजारमा रहेका विविध समस्याहरुको समाधानका लागि विभिन्न सरोकारवाला निकायहरुको समन्वय विभागीय प्रमुखहरुसँगको छलफल, मन्त्रालयमा भएको छलफल, उच्च राजनीतिक दलका उच्च पदस्थ नेताहरुसँगको छलफलका विषयमा प्रष्ट पारेका थिए।

बैठकबाट आगामी कार्ययोजनाको बारेमा बृहत् छलफल भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP