Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

मस्कोमा मोदी-पुटिन मिलन

एजेन्सी

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा छन्।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि मोदीले पहिलो विदेश भ्रमणका रुपमा उनी रुस पुगेका हुन्।

यसअघि छिमेकी राष्ट्रको भ्रमणलाई प्राथमिकतामा राखेका मोदीले यसपटक रुसलाई आफ्नो गन्तब्य बनाएका हुन्।

रुस युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक मोदी रुस प्रस्थान पुगेका हुन्। उनी आजसम्म रुसमा रहने छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औँ भारत–रुस शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ गएका हुन्। पछिल्ला तीन वर्षयता दुवै देशबीच कुनै दुईपक्षीय औपचारिक वार्ता भएको छैन।

दुई शक्तिशाली नेताबीच दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने रुसले जनाएको छ।

त्यस्तै दुवै नेताबीच उर्जा र व्यापारका क्षेत्रमाथिसमेत छलफल भएको रुसी सञ्चारमाध्यम तासले जनाएको छ। मोदीले रुसमा रहेका भारतीयसँग भेटवार्ता गरेका छन्।

मोदीलाई मस्को विमानस्थलमा रुसी सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको थियो। रुस भ्रमण समेर मोदी आज अष्ट्रिया प्रस्थान गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP