२०८१, २७ असार बुधबारमा प्रकाशित
सनिउल्ला धोबी- कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १२ औं नगर सभा सम्पन्न भएको छ ।
असार १० गते बसेको नगरसभाको पहिलो बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।
नगरसभाले सामाजिक सुरक्षा बाहेक रु ७१ करोड ४० लाख ३६ हजार बजेट प्रस्तुत गरेको नगर प्रमुख राजत प्रताप शाहले जानकारी दिनुभयो ।
१२ औं नगरसभाको दोस्रो बैठकले शिक्षा स्वास्थ्यमा लगानी गर्ने एजेन्डा पारित गरेको छ । साथै नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक पारित गरेको छ ।
नगरसभाले न्यायीक समितिको बार्षिक प्रतिबेदन अनुमोदन गरिएको नगरसभा अध्यक्ष तथा नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
मेयर शाहले नगरको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिदै आगामी बर्षमा कार्यनयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
मेयर शाहले बहादुरगन्ज स्थित शिवराज अस्पतालको लागि ९० लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।
प्रदेश र केन्द्रका योजनाहरु पनि नगरमा रहेकोले नगरलाई समृद्ध बनाउन आफु दृढ रहेको समेत जिकिर गर्नुभयो ।
नगर उपप्रमुख आरतिदेवी चौधरीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ १० प्रतिशत, सामाजिक विकास तर्फ १५ प्रतिशत, पूर्वधार विकास तर्फ ६० प्रतिशत बन तथा वातावरण तर्फ ८ प्रतिशत र शुसासन प्रवद्धन तर्फ ७ प्रतिशत बजेट निर्धारण गरेको बताउनुभयो ।
कृष्णनगर नगरपालिकाले जनताको चाहाना अनुसार योजना निर्माण गरेको उहाँको दावि रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया