कुनै देशको पीआर वा नागरिकता लिएकी छैन : मन्त्री श्रेष्ठ


काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कुनै पनि अन्य देशको पीआर वा नागरिकता नलिएको स्पष्टीकरण दिएकी छिन्। आज उनले सामाजिक सञ्जालमा भिडियोबाटै यस्तो स्पष्टीकरण दिएकी हुन्।

युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो। श्रेष्ठले आफू नेपालकै नागरिक रहेको बताएकी छिन्।

‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन, ट्याब्लोइड सञ्चारमाध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिनँ तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकाले जवाफ दिएकी छु, आरोप आफैंमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, छानबिनमा पूरा सहयोग गर्नेछु’, उनले भनेकी छिन्।

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो वेला ल्याइयो भन्दै युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिन पनि आग्रह गरेकी छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP