चितवनमा अनुचित लेनदेनका ५९ उजुरी दर्ता


चितवन : चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा २ वटा उजुरी दर्ता भएका हुन्।

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा गोपिचन्द्र दवाडीका अनुसार २०८१ जेठ ११ गतेदेखि असार १४ गतेसम्म ती उजुरी दर्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयमा परेको एउटा उजुरीको सहमतिसमेत भइसकेको जानकारी उनले दिए।

आयोगले उजुरी आह्वान गरेपछि परेका उजुरीमाथि छलफल गर्न सहायक प्रमुख जिल्ला अधिकारी खेमानन्द भुषालको संयोजकत्वमा ३ सदस्यीय उजुरी फर्छ्योट संयन्त्र गठन गरिएको छ।

उनले भने‚ “संयन्त्रको बैठक बसेर परेका उजुरीमाथि प्राथमिकताको आधारमा छलफल गरिनेछ।” छलफलमार्फत आपसी समझदारीबाट समाधान निकालिने उनले बताए।

विसं २०८० साउनयता विभिन्न समयमा आयोगले उजुरी आह्वान गरेपछि अन्य समयमा ९३ उजुरी दर्ता भएका थिए।

गत वर्ष माघ ८ गतेसम्म ती उजुरी परेका हुन्। परेका उजुरीमध्ये ८६ वटा जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो। प्रहरी कार्यालयमा पठाइएका उजुरीमध्ये ५७ वटा फर्छ्योट हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भुषालले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP