Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

गाजा शहरस्थित राष्ट्रसङ्घीय निकायको भवनमा इजरायली आक्रमण

एजेन्सी

चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ। ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवनभित्र सञ्चालनमा रहेको हमास लडाकूहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ। सेनाले मङ्गलबारको आक्रमणको थप समीक्षा गरिरहेको पनि बताएको छ।

आक्रमणमा दक्षिणी खान युनिस क्षेत्र नजिकैको विद्यालयमा कम्तीमा २९ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। विद्यालय भवनमा विगत चार दिनमा यो चौथो आक्रमण हो।

बुधबार बिहान मध्य सहर नुसिरातको एउटा घरमा भएको बम विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको अस्पताल स्रोतले जनाएको छ।

यसैगरी खान युनूस नजिकैको बानी सुहैलाको घरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको अस्पताल स्रोतले जनाएको छ।

इजरायलले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा दशौं हजार मानिसहरूलाई खाली गर्ने आदेश जारी गरेपछि गाजा सहर र दक्षिणी गाजामा हवाई तथा स्थल आक्रमणहरू बढाएको छ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी युद्धविरामबारे इजरायली अधिकारीले बुधबार कतारमा वार्ता सुरु गरेपछि सैन्य आक्रमण बढेको हो।

इजरायली सेनाले गाजामा एक रातको आक्रमणले प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्र सङ्घी निकाय युएनआरडब्लुएको मुख्यालय भित्रबाट सञ्चालित हमास र इस्लामिक जिहादलाई लक्षित गरेको बताएको छ।

संयुक्त राष्ट्रसङ्घीय निकायको अक्टोबरदेखि भवनमाथि नियन्त्रण छैन। इजरायली सेनाले फेब्रुअरीमा मुख्यालयमुनि हमासको एउटा सुरङ फेला पारेको बताएको थियो।

सेनाले आतङ्कवादी लकाकूहरूले युएनआरडब्लुएको मुख्यालयभित्र काम गरिरहेको र यसलाई मध्य गाजा पट्टीमा आईडीएफ इजरायली रक्षा बलका सैनिकहरूमाथि आक्रमण गर्न आधारको रूपमा प्रयोग गरिरहेको दावी गरेको छ।

युएनआरडब्लुएले आक्रमणको तत्काल कुनै टिप्पणी नगरेता पनि यसको सुविधाहरू हमास र यसका सहयोगीहरूले प्रयोग गरिरहेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य नभएको उल्लेख गरेको छ।

इजरायली तथ्याङ्कअनुसार अक्टोबर ७ मा भएको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने मारिनेमा अधिकांश सर्वसाधारण थिए भने हमासलगायतका अतिवादी प्यालेष्टिनी समूहका लडाकूले दुई सय ५१ जनालाई बन्धक बनाएका थिए।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको तथ्याङ्अनुसार बदलामा इजरायली सैन्य आक्रमणले गाजामा कम्तीमा ३८ हजार २४३ जनाको ज्यान लिएको र अधिकांश नागरिक रहेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP