Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

जनसंख्या नीति कार्यान्वयन गर्न सुझाव


काठमाडौँ : नयाँ बन्ने जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन्।

बिहीवार जनसंख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसंख्या नीति बनाइरहेको भन्दै नीति कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन्। उनीहरूले विगतमा बनेका जनसंख्या नीति पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसंख्याको लाभांश लिन नसकेको बताए। उनले जनसंख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताए। उनले युवाहरू विदेश पलायन भइरहेको र भएका युवा पनि देशका लागि प्रयोग भइरहेको छ कि छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको बताए।

उनले युवाहरू विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरूले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताए। उनले तत्कालको फाइदाका लागि रेमिट्यान्सबाट देश चलाउने सोच रहे पनि भविष्यलाई फाइदाजनक नरहेको बताए।

उनले बाह्य र आन्तरिक बसाइँसराइको समस्या विकराल बन्दै गएको बताए। मन्त्रालयले जनसंख्या नीति बनाइरहेको भन्दै जनसंख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने बताए। उनले देशको स्रोत नै जनसंख्या भएको उल्लेख गर्दै विकासका काम जनसंख्यामा निर्भर रहेर हुनुपर्ने बताए।

कार्यक्रममा बोल्दै प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसंख्या आफैँ स्रोत, साधन र साध्य भएको बताए। उनले मानवीय स्रोतको सदुपयोग गरी मानवले मानव हितको लागि विकास गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै अन्य वक्ताले बाह्य बसाइँसराइको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। जनसंख्याको वितरणमा असमानता रहेको बताए। उनीहरूले नेपालको जनसांख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरू परेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP