Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

विपद्का वेला खानेपानीको सफाइमा ध्यान दिन के गर्ने?


काठमाडौँ : अविरल वर्षाका कारण हाल देशभर बाढी तथा पहिरोका घटना बढ्दै गएका छन्। वर्षाको यो समयमा बाढीले खानेपानीका मुहान दूषित बनेका छन्।

जसले गर्दा यो मौसममा हामीले खानेपानीको मुहान दूषित हुँदा झाडापखाला हैजा जस्ता पानीजन्य संक्रमणको जोखिम बढेको छ। यसले गर्दा हामीले वर्षाको मौसममा खानेपानीको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ।

विपद्का वेला खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन के गर्ने?

  • क्लोरिन झोल वा ट्याबलेट हालेर वा उमालेर पानीलाई शुद्धिकरण गरेको पानी मात्र पिउने बानी बसाल्नुहोस्।
  • शुद्धिकरण गरेको पानी सधैं सफा भाँडामा छोपेर राख्नुहोस्।
  • पानी निकाल्ने भाँडा सधैं सफा राख्नुहोस्।
  • सडेगलेका, बासी र झिंगा भन्केका खाने कुरा नखानुहोस्।
  • काँक्रो, गाँजर, फलफूल जस्ता काँचै खान मिल्ने खानेकुरा सधैं सफा पानीले धोएर खाने गर्नुहोस्।
  • खाना पकाउनुअघि, खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि सधैं साबुनपानीले मिचिमिची हात धुनुहोस्।
  • जथाभावी दिसा पिसाब नगर्नुहोस्।
  • चर्पीमा मात्र दिसापिसाब गर्ने गरौं र बच्चाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्नुहोस्।
  • फोहरलाई सधैं निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्नुहोस्।
  • खोक्दा, हाच्छ्यूँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्नुहोस्।
  • झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP