Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

बागमती करिडोरका पुलमुनि पानी जम्दा सास्ती


ललितपुर : ललितपुर महानगरपालिका–२ सानेपा बागमती करिडोरमा वर्षातको समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको बागमती करिडोरको सानेपाको कालोपुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन्।

पुलमुनि वर्षातको समयमा पानी जम्ने भएकाले कालोपुलमा सूचना टाँसिएको छ। ‘कृपया यो पुलमुनि वर्षातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नु होला’, बागमती करिडोरस्थित सानेपाको कालो पुलमा उल्लेख गरिएको छ। आफूले हरेक वर्ष बागमती करिडोरस्थित कालोपुलमुनि पानी जमेकाले यात्रामा असहज महसुस गरेको मोटरसाइकल यात्री रमेश पन्तले जनाए। उनले भने‚ ‘बल्खु पुलमुनि पनि वर्षातको समयमा पानी जम्ने समस्या छ, सानेपाको कालोपुलमा हरेक वर्ष पानी जमेको छ, जिम्मेवार निकायले यस्तो कुरामा ध्यान नदिएकाले हामीले दुःख पाएका छौँ।’

त्यसैगरी अर्का मोटरसाइकल यात्री पवनकुमार थापाले पनि हरेक वर्ष पुलमुनि पानी जमेकाले ट्राफिक जाम भएर आफूले समस्या भोगेको दुखेसो पोखे। उनले भने, ‘पुलमुनि वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहोला भनेर सूचना टाँसेको छ तर वैकल्पिक यात्रा कहाँ गर्ने ?, बाटो साँगुरो भएर ट्राफिक जाम हुन्छ, जिम्मेवार निकायले यस्तो समस्याका समाधान चाँडै गर्नुपर्ने हो।’

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोरलाई बागमती सभ्यतासँग जोडेर निर्माण कार्य अघि बढाए पनि महानगरपालिका–४ को धोबिघाट पुलसम्म करिडोर निर्माण सकिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP