Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

नेपाली धार्मिक सद्भाव: मुस्लिम पर्व मुहर्रमप्रति हिन्दु आस्था


किरणमान बज्राचार्य, कपिलवस्तु

मुस्लिम समुदायको महान् पर्व तराईका हिन्दुहरूले पनि धूमधामसँग मुहर्रम मनाउन थाले पछि यसप्रति आस्था बढ्दै गएको छ।

मुस्लिमहरूको तेस्रो महान् पर्व भए पनि हिन्दुहरूको यो पर्व प्रति आस्था बढ्दै गएको हो । हिन्दु समुदायको समेत आस्था बढ्दै गएको पछि मुर्हरम सदभावको पर्व बन्दै गएको छ।यो पर्वको अहिले तराईमा रौनक समेत बढ्दै गएको छ । तराई मूलका हिन्दु र थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढेको छ ।

हिन्दुहरूले समेत यो पर्व मनाउन थाले पछि मुहर्रम धार्मिक सद्भावको पर्व बन्दै गएको हो । अहिले जिल्लाको दक्षिणी भेगमा मर्हुरमको रौनक बढ्दै गएको छ । एक महिना अघि देखि यो पर्व मनाउन हिन्दु मधेसी समुदायले आफ्नो गाउँ घरमा ढोलक तासा बजाउँदै नाच गान गरेर मनाउने गरेका छन् । हिन्दुहरूले समेत मनाउन थाले पछि यो धार्मिक सद्भाव पर्वका रुपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउने गर्दछन् । तराईका हिन्दु मधेसी, थारुहरूले समेत यो पर्व धूमधामले मनाउन थाले पछि छुट्टै रौनकता थपिएको छ ।

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरू बत्ताउँछन् । साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ । साउन २ गते बुधवार मनाइने मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा तहाजिया किन्न आएका महाराजगंज नगरपालिका ३ कजरहवाका मन्नु यादवले १० वर्ष अघि देखि मुहर्रम मनाउन थालेको बताए । ‘ यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आंगालेका हौ ’ उनले भने । तौलिहवामा सात सय पर्ने ताहाजिया किनेका उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए । मुस्लिम दाजुभाईहरुसंगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले व्यक्त गरे ।

कपिलवस्तु नगरपालिका– ९ निग्लिहवाका रतिराम थारुले प्रजापतिले बाजेकै पालादेखि मनाउँदै आएकोले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए । ‘ बाजेकै पाला देखि मुहर्रम मनाउँदै आएका छौ, मलाई पनि राम्रो लागेकोले अँगालेको हुँ ’ उनले भने । मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरूको संख्या बढ्दै गएको छ । यसले धार्मिक सदभाव समेत कायम राख्ने दुवै धर्मगुरुहरूको भनाई छ ।

अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अँगालेकोले सद्भाव कायम गर्न यसले निकै मुद्दा मिलेको अधिकारकर्मी रवि ठाकुरले बताए । ‘ देशमै मुस्लिमहरूको दोस्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुवै समुदायले सामूहिक रुपमा यो पर्व मनाएकोले एक आपसमा भाइचारा कायम गरेको छ ’ उनले भने । मुस्लिम समुदाय भन्दा हिन्दुहरूको मुहर्रम प्रति आस्था बढ्दै गएको उनले बताए ।

आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरूप मनाइने उक्त चाडमा उनको प्रतीक स्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाउने चलन छ । हिन्दुहरूले घरमा पुर्जा गर्दा ढोल, तासा लगायतको बाजा बजाउने गर्दछन् ।

मुस्लिम समुदायले भने मुहर्रमका दिन साहसिक प्रदर्शन गर्ने गछन् । १४ सय वर्ष पहिले ईमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुति दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरू बत्ताउँछन् । अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ । इस्लामिक नयाँ वर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बत्ताउँछन् । मुहर्रम को १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्दिमा कुरान पाठ गरी बेलुका खिचडी पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए ।

मुहर्रममा तहाजियाको बिक्री बढ्यो

मुहर्रम पर्व आएसँगै तहाजियाको समेत बिक्री बढेको छ । मुहर्रममा तहाजियोका पूजाआजा गर्ने चलन छ । मुखैमा आएको मुहर्रम पर्वसँग कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका व्यापारीहरूलाई तहाजिया बेच्न भ्याई नभ्याई छ । साउन २ गतेमुहर्रम पर्व मनाइँदै छ । मस्जिद टोलमा रहेको आधा दर्जन बढी व्यापारीहरू अहिले थरी थरीका रङ्गी विरङ्गी तहाजिया बिक्रीका लागि तम्तयार बसेका छन् ।

बिहानै देखि उनीहरु अहिले तहाजिया बिक्री मै व्यस्त छन् । विगत ३ वर्ष यता कोरानाले गर्दा तहाजिया बाबाको बिक्री कम भएको थियो । तर यस पाली भने राम्रो आम्दानी भएको व्यापारीहरू बताउँछन् । रंगीबिरंगी र बासँको मन्दिरको आकारमा बनाइने तहाजिया खरिद गर्न यतिखेर श्रद्धालुहरूको बजारमा भीड लाग्ने गरेकाे व्यापारीहरू बताउँछन् ।

आफूले मागेको भाकल पुगेमा श्रद्धालुहरूले आफ्नो क्षमता अनुसार तहाजिया खरिद गर्ने गरि मुहर्रमका दिन करबला (चिहान ) मा पूजा आजा गरि विर्सजन गरिने धर्मगुरुहरू बत्ताउँछन् । बजारमा यतिखेर ५ सय देखि १० हजार सम्मका तहाजिया विक्रीमा राखिएको छ । तहाजिया बिक्री गर्न बसेका कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलका व्यापारी चिनक मुसलमानले यस वर्ष तहाजिया राम्रो बिक्री भएको बताए । यस वर्ष १ देखि ढेड लाख सम्मको तहाजिया बिक्री गरी आम्दानी हुने उनले बताए । ‘

तहाजिया बिक्री गर्ने व्यापारी बढेका छन् त्यसैले विगत वर्षहरू जस्तो आम्दानी हुँदैन, तर यस वर्ष राम्रो बिक्री हुने छाँट देखिएको छ ’ उनले भने । मस्जिद टोलका अर्का व्यापारी दोहु मुलमानले पुरै परिवार मिलेर ६ महिना अघि देखि बनाएको ताहाजिया अहिले बिक्री गर्ने गरेको बताए । व्यापारीको संख्या बढेकोले आम्दानीमा केही कमी आएको भन्दै उनले यस वर्ष कम्तीमा १ लाख आम्दानी हुने बताए । कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलमा मात्र आधा दर्जन परिवार तहाजिया बिक्री गर्न व्यस्त देखिन्छन् ।

जिल्लामा तहाजिया बेच्नेको संख्या थुप्रै रहेको व्यापारीहरू बताउँछन् । रंगीविरगी कागजलाई हस्तकलाको माध्यम बाट मन्दिरको आकारमा सजाई बाँसको सहायताले तहाजीया निर्माण गरि विक्री गर्ने गरेका छन् । ६ महिना अघि देखि नै लचिलो बाँस, पवित्र मानिने डोरीहरू रङ्गी चङ्गी कागजको व्यवस्था गरि बनाउन थाल्छन् । तहाजियासंगै त्यसमा चढाउनका लागि बतासा, लोहवान लगायतका सामाग्रीको बिक्री समेत बढेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP