Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

सभापति देउवा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःखी


काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारिकाज होटल एवं रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

श्रेष्ठको ९२ वर्षको उमेरमा उपचारका क्रममा यही साउन ३ गते निधन भएको हो। सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

सभापति देउवाले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

स्व श्रेष्ठ हिमाल मिडिया प्रालिको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्वअवैतनिक महावाणिज्यदूतसमेत थिइन्। साढे छ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायका क्षेत्रमा अनवरत रुपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा उनले उल्लेखनीय योगदान पुर्याएकी छिन्।

सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उनले पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP