रासस
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ। आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा दुई लाख ९९ हजार ४१२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन्। गत आर्थिक वर्षमा एक लाख ७६ हजार ३१६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। आव २०७९/०८० मा दुई लाख पाँच हजार ६०५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए। गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ तथा आव २०७९/०८० मा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए।
अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/०८० मा ५५ हजार ८७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए। आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए।
गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ। निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ। सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्यापर्यटनबाट ३० करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रहेको थियो। आव २०७८र०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व संकलन भएको थियो।
यसैगरी, आव २०७७/०७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। आव २०७६/०७७ मा १९ करोड ९२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया