Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

विपद्को अवस्थामा सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लेखकको निर्देशन


काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

हिजो भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतलाई सम्बोधन गर्दै उहाँले मनसुनजन्य विपदबाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न सरकारको तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। विपद् व्यवस्थापनका साथै जिल्लामा शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा पनि सक्रिय हुन गृहमन्त्री लेखकले निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।

भर्चुअल छलफलमा गृहमन्त्रीसहित गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP