Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

नेकपा एमाले कपिलवस्तुले मनायो वृक्षरोपण गरि पुष्पलालकाे ४६ औँ स्मृति दिवस

कपिलवस्तु, ७ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले वृक्षरोपण गरि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाएको छ । साेमबार जिल्लाकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा ८ सय बढी सागवन जातकाे बिरुवा राेपेर पुष्पमलालकाे स्मृति दिवस मनाएको हाे ।

साेही अवसरमा नेकपा एमाले जिल्ला कमिटीले २०८०कार्तिक १७ गते आएको बिनाशकारी भुकम्पबाट पिडित पश्चिम रुकुमको आठबिसकोट नगरपालिका-११, चिसापानी गाउँमा श्रम शिविरमा १५ दिनसम्म खटिएका कार्यकर्ताहरुलाई सम्मानसमेत गरेकाे छ ।

पुष्पलालले गरेका योगदान, त्याग र निष्ठालाई सम्झिँदै कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमकाे आयाेजना गरि ४६ औँ स्मृति दिवस मनाइरहेका छन् । यसैे अवसरमा नेकपा एमालेले पुष्पलालकाे ४६ औँ स्मृति दिवसमा जिल्लाभरिका पार्टीका नेता, कार्यकर्ताहरुकाे सहभागीतामा वृक्षरोपण गरिएको हाे  ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने वि.सं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

वि.सं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य, गिरधारीलाल न्याैपाने, सुशील श्रीवास्तव, जिल्ला अध्यक्ष बाबुराम खनाल, पुर्व अध्यक्ष झबिलाल पाेख्रेल, डम्मर शर्मा, अर्जुन कुमार केसी, नेताहरु नेत्रराज अधिकारी, जगत पाैडेल, महादेव पाेख्रेल, शिव प्रसाद जयसवाल, कृष्ण कुमार गुप्ता लगायत कार्यकर्ताहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP