Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नेकपा एमाले कपिलवस्तुले मनायो वृक्षरोपण गरि पुष्पलालकाे ४६ औँ स्मृति दिवस

कपिलवस्तु, ७ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले वृक्षरोपण गरि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाएको छ । साेमबार जिल्लाकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा ८ सय बढी सागवन जातकाे बिरुवा राेपेर पुष्पमलालकाे स्मृति दिवस मनाएको हाे ।

साेही अवसरमा नेकपा एमाले जिल्ला कमिटीले २०८०कार्तिक १७ गते आएको बिनाशकारी भुकम्पबाट पिडित पश्चिम रुकुमको आठबिसकोट नगरपालिका-११, चिसापानी गाउँमा श्रम शिविरमा १५ दिनसम्म खटिएका कार्यकर्ताहरुलाई सम्मानसमेत गरेकाे छ ।

पुष्पलालले गरेका योगदान, त्याग र निष्ठालाई सम्झिँदै कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमकाे आयाेजना गरि ४६ औँ स्मृति दिवस मनाइरहेका छन् । यसैे अवसरमा नेकपा एमालेले पुष्पलालकाे ४६ औँ स्मृति दिवसमा जिल्लाभरिका पार्टीका नेता, कार्यकर्ताहरुकाे सहभागीतामा वृक्षरोपण गरिएको हाे  ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि.सं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने वि.सं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

नागरिकको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

वि.सं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ । उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य, गिरधारीलाल न्याैपाने, सुशील श्रीवास्तव, जिल्ला अध्यक्ष बाबुराम खनाल, पुर्व अध्यक्ष झबिलाल पाेख्रेल, डम्मर शर्मा, अर्जुन कुमार केसी, नेताहरु नेत्रराज अधिकारी, जगत पाैडेल, महादेव पाेख्रेल, शिव प्रसाद जयसवाल, कृष्ण कुमार गुप्ता लगायत कार्यकर्ताहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP