Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

कपिलवस्तुको चारनम्बरमा नाबालिगमाथि सामुहिक बलात्कार, होटलमा यस्तोसम्म भयो..

चन्द्रकान्त न्यौपाने,

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बरस्थित एक होटलमा एक जना नाबालिग माथि सामुहिक बलात्कार भएको तथ्य बाहिर आएको छ । समाचार श्रोत अनुसार रुपन्देहीकी १५ बर्षिया नाबालिगमाथि बाणगंगाका ३ जना युवाहरुले सामुहिक बलात्कार गरेका हुन् ।

बलात्कार गर्ने युवाहरु एक जना १८ र अरु २ जना २० र २१ बर्षका रहेको छन् । बलात्कार भएको भोलिपल्ट युवतीले ईलाका प्रहरी कार्यालय पिपरामा जाहेरी दिएपछि यो तथ्य बाहिर आएको हो । प्रहरीका अनुसार पीडित युवती बुटवल उपमहानगरपालिका ११ देवीनगरकी रहेकी छन् । उनले कक्षा १० मा अध्धयन गर्छिन् ।

नाबालिगको जोहेरीको आधारमा अहिले बलात्कार गर्ने युवकहरु पक्राउ परिसकेका छन् । उनीहरु वाणगंगा नगरपालिका वडा नम्बर ९ का पडेरिया रहेका खुलेको छ । एक जनालाई श्रावण ७ गते र अरु २ जनालाई ८ गते पक्राउ गरि म्याद थप गरी राखिएको प्रहरी बताउँछ । बलात्कारीमाथि कानुन अनुसार कारबाही प्रकृया अघि बढाउने प्रहरीको जनाउ छ ।

यस्तो थियो घटना

घटना पुष्टिबारे प्रहरीले जानकारी दिए पनि घटनाक्रमबारे भने पुरै जानकारी नदिएपछि पडेरीयाका स्थानीयबाट अपिटाइम्सलाई दिएको घटनाक्रम यस्तो छ । होटलमा ३ जना युवाहरु आउँछन् । उनीहरु यस्तै ४ । ५ बजेको समयमा होटलमा आएका थिए । तीमध्ये एक जना युवाको बलात्कारको शिकार भएकी नाबालिगतसंग लभ परेको हुन्छ अर्थात् उनी बलात्कारमा संलग्न युवाहरुमध्ये एक युवकको गर्लफ्रेण्ड हुन्छिन् ।

त्यसैकारण एक युवकले गर्लफ्रेण्डलाई होटलमा भेटन् एक्लै बोलाउँछन् । उनी आउँछिन् । त्यसपछि कोठामा जान्छन् । साँझ ५ बजेदेखि विहान ६ बजेसम्म उनीहरु त्यहि होटलमा बस्छन् । त्यो बीचमा केके भयो थाहा छैन तर होटलबाट निस्केपछि पीडितले जाहेरी दिएकी हुन् । श्रोत अनुसार पीडित नाबालिगसंगै केटी पनि आएकी थिइन् तर उनी होटलमा भने नगएको समाचार छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP