Trending
राजनीति मानव-वन्यजन्तु द्वन्द्व रोक्ने कार्यक्रम ल्याउनुपर्‍यो : कृषिमन्त्री अधिकारी समाज विनयी खोलाको पुल भाँचिएको घटनाका दोषीलाई कारबाही गर्न ट्रक व्यवसायीको माग राजनीति नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न राजनीति फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल समाज बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने समाज देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा राजनीति रविको मुद्दामा सुरु भयो थुनछेक बहस राजनीति कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री अन्तर्राष्ट्रिय भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु

नगरप्रमुख राजकुमार नकर्मीको अन्त्येष्टि


काठमाडौँ : कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा छोरा राहुल नकर्मीले दागबत्ती दिएका थिए।

अन्त्येष्टि अघि नगरप्रमुख नकर्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बर्खाहिटीस्थित नगर कार्यपालिका भवनमा राखिएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति धनराज गुरुङ, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सांसद राजेन्द्रकुमार केसीलगायत पार्टीका स्थानीय नेता तथा कार्यकताले दिवङ्गत नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

नगरप्रमुख नकर्मीको बिहीवार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो। विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनबाट नकर्मी कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। नगरप्रमुख नकर्मीको जन्म २०२० असार २० गते कीर्तिपुर–३ मा भएको थियो। उनी २०४० सालदेखि नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP