Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

पोखरा दुर्घटना अपडेट : दुईजनाको मृत्यु, घाइतेहरूको तीन ठाउँमा उपचार हुँदै


काठमाडौं : पोखरामा बिहान भएको बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि मृत्यु भएको हो।

दुर्घटनामा घाइते उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो। बसमा सवार अन्य घाइतेहरूको पोखराका विभिन्न तीन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस सडकबाट झन्डै ५० मिटर तल खसेको थियो। बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी २३ जना सवार रहेको बताइएको छ।

बस दुर्घटना लगत्तै घाइतेहरुलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा लगिएको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP