Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

वार्षिक २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल पाउँछन् : कृषिमन्त्री


काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक करिब २२ लाख कृषक परिवारले अनुदानमा रासायनिक मल प्राप्त गर्ने गरेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले करिब १ लाख ५० हजार परिवारले बीमाको प्रिमियममा अनुदान प्राप्त गर्ने बताए। उनले नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेको बताए। उनले नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको बताए।

नेपाल सरकारले रासयनिक मलको मूल्यमा, सिँचाइको लागि विद्युत् महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल विरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरु र रोपण गर्ने कृषकलाई विरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको जनाए।

उनले भने, ‘नेपालमा ४१ लाख ३० हजार कृषक परिवार रहेका छन्। नेपाल सरकारले कृषि क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि कृषकहरुलाई संघ, प्रदेश र स्थानीय तहबाट सहुलयित सुविधा, अनुदान र सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारले रासयनिक मलको मूल्यमा, सिंचाईको लागि विद्युत् महशुलमा, कृषि तथा पशुपंक्षी बीमा प्रिमियममा, उखु किसानलाई उत्पादनमा, कृषि क्षेत्रमा यान्त्रिकीकरण गर्न मेसिनरी औजारमा, कृषि कर्जाको ब्याजमा, गहुँ, मकैको बीउको मूल्यमा, फलफूल विरुवा विशेषबाट सेवा, सुविधा र सहुलियत प्राप्त गर्ने कृषकहरु र रोपण गर्ने कृषकलाई बिरुवाको मूल्यमा, माछा पोखरी निर्माण जस्ता क्षेत्रमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ।’

मन्त्री अधिकारीले प्रदेश सरकार र स्थानीय तहले आफ्नो आवश्यकताअनुरूप दूधको उत्पादन, निश्चित संख्या भन्दा बढी भेडा, च्याङ्ग्रा, याक पाल्ने कृषकलाई पशुवस्तुको उपचार खर्च बजार मूल्यमा सहुलियत प्रदान गर्दै आएको बताए। प्रोत्साहन अनुदान कृषकको खातामै जाने व्यवस्था गरिएको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP