काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।
उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए। उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए।
उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुले खोलेकै होइनौँ भन्नेकुराहरु आए। ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन। काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो। ३०औं वर्षमा यी काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो। फाइल तपाईंले नै खोल्नुभएको हो। तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो। जुन फाइलमा प्राण थियो। त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ।’
सभापति लामिछानेले आफू सरकारमा कुनै पनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया