Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

सेप्टेम्बर- ११ आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग अमेरिकाको सम्झौता


अमेरिकाले ११ सेप्टेम्बर २००१ को आतंकवादी आक्रमणका मुख्य तीन योजनाकारसँग सम्झौता गरेको छ।

मुख्य योजनाकार खालिद शेख मोहम्मद, वालिद मुहम्मद सलीह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल–औसावीसँग अमेरिकाले मृत्युदण्ड नदिने सम्झौता गरेको बीबीसीले जनाएको छ। उनीहरू २३ वर्षदेखि क्युबाको ग्वान्टानामोस्थित अमेरिकी नौसेनाको यातनापूर्ण हिरासतमा छन्।

सन् २००१ मा न्यूयोर्कमा भएको अल कायदाको आक्रमणका उनीहरू योजनाकार रहेको अमेरिकी दाबी छ। उनीहरुलाई अमेरिकाले पाकिस्तानबाट गिरफ्तार गरेको हो । उक्त आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिलभेनियामा लगभग ३ हजार मानिसको मृत्यु भएको थियो।

त्यसपछि अमेरिकाले अफगानिस्तान र इराकमा आक्रमण गरेको थियो। यी तीन आरोपीले आक्रमणको आरोप स्वीकार नगर्दा अहिलेसम्म मुद्दा दर्ता भएको छैन। मृत्युदण्डको सजाय पाउने भएकाले उनीहरुले आरोप स्वीकार नगरेको बताउने गरिएको छ।

त्यसैले अमेरिकी अभियोजनकर्ताहरुले आरोप स्वीकार गरे मृत्युदण्ड नदिने सम्झौता गरेको समाचारमा जनाइएको छ। यो विषयमा अमेरिकामा लामो समयदेखि चलेको बहसमा पीडित पक्षहरुले उनीहररूविरुद्ध मृत्युदण्ड हुनुपर्ने माग गर्दै आएका छन्। आरोप स्वीकार नगरी मृत्युदण्ड नहुने प्रावधानले मुद्दा नै दर्ता हुन नसकेको हो । घटनाका मुख्य योजनाकार मानिने ओसामा बिन लादेनको भने अमेरिकी आक्रमणमा मृत्यु भइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP