Trending
अपराध १ लाख ८० हजार ट्रामाडोलसहित ६ जना लागुऔषध कारोबारी पक्राउ स्वास्थ्य स्वास्थ्यमन्त्रीले बुझेनन् बीमा बोर्ड अध्यक्ष डा. लोहनीको राजीनामापत्र, मन्त्रिपरिषद्‍ पठाइने राजनीति विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयक माथिको छलफल सक्ने राजनीति सरकारले बेरुजु फर्छ्योट समिति गठन गर्ने, वैशाख ७ गते राष्ट्रिय याक दिवस राजनीति वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेको कार्यबाहक अध्यक्ष समाज प्रतिवेदन भन्छ‍ – गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि खेल हिमचितुवा र याक जोगाउन मनाङमा भिड्दै खेलाडी र कलाकार राजनीति सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक आर्थिक अहिले लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल राजनीति राज्य कमजोर हुँदा रमाउनेहरूबाट समृद्धि सम्भव छैन : मन्त्री भण्डारी

हलगोरु पाल्ने किसानलाई अनुदान


दमौली : जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई रु. १३ लाख ८० हजार अनुदान उपलब्ध गराएको छ। गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप उक्त रकम उपलब्ध गराइएको हो।

उक्त कार्यक्रमबाट ३४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाहले जानकारी दिए। उनका अनुसार प्रतिहलगोरु रु. चार हजार अनुदान दिने गाउँपालिकाको नीतिअनुसार ३४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ।

यो कार्यक्रमका लागि शुरुमा रु. १० लाख विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताए। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उनको भनाइ छ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिए। आव २०७९।०८० मा २५० किसानलाई अनुदान उपलब्ध गराइएको थियो। प्रोत्साहन रकम पाएपछि हलगोरु संरक्षणमा सहयोग पुग्ने भन्दै किसान खुसी भएका छन्।

गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत निर्णय गरेको थियो। सोहीअनुसार सबै किसानलाई बैंकिङ प्रणालीमार्फत रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP