Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

बृक्षारोपण दिवस ः उमरी डाडामा वृक्षारोपण गरी शुभारम्भ (फोटो फिचर)

दिपक के.सी.
कपिलवस्तु असार १६
बृक्षा रोपण दिवसको अवसरमा डिभिजन वन कार्यालय गौत्तमबुद्ध कपिलवस्तुले शिवराज नगरपालिका वडा नं.१ उमरी डाडाँमा बृह्त्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।


एकिकृत सुरइ सामुदायिक वन अन्तर्गत पर्ने नगरको पर्यटकीय तथा धार्मिक स्थल उमरी मन्दिर माथीको डाडामा विभिन्न प्रजातीका बोट विरुवाहरु रोपेर दिवसको सुभारम्भ गरिएको हो । विरुवा रोप्दैमा वृक्षारोपण नहुने ,यसलाई हुर्काउने जिम्मेवारी पनि लिए पछि मात्रै बृक्षारोपण पुरा हुने कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव डा. राधा वाग्लेले बताउनु भयो ।

बच्चा जन्मेपछि जसरी स्याहार सुसार गरीन्छ त्यसै गरी रोपिएका विरुवाहरुको स्याहार संम्भार गरेर विरुवालाई रुख बनाए पछि मात्रै वृक्षारोपणको सहि अर्थ लाग्ने उहाँले बताउनु भयो । उमरी डाडाँ प्रवेश द्धारमा विरुवा रोप्दै अतिक्रमण हुने क्षेत्रलाई संरक्षण गरी पर्यटकीय स्थल निर्माण गर्न लागेकोमा डिभिजन वन र सामुदायिक बनलाई डा. वाग्लले धन्यवाद दिनु भयो ।


कार्यक्रममा विरुवा रोप्दै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारले बन सबैको सम्पति हुनाले यसको संरक्षण र जर्गेना गर्ने सबैको जिम्मेवारी भएको बताउनु भयो । रोपेका विरुवाहरुलाई हुर्काउने बढाउने जिम्मेवारी स्थानिय सामुदायिक वन उपभोक्ताको रहने हुनाले सबैले संरक्षण गरी उमरीडाडालाई पर्यटकका लागी गन्तव्य स्थल बनाउनु पर्नेमा जोड दिनु भयो ।
वृक्षारोपण दिवसको शुभारम्भ भएको र अव सबै अतिक्रमण गरीएका र खाली ठाउँहरुमा वृक्षा रोपण गरीने डिभिजन वन कार्यालय गौत्तम बुद्ध कपिलवस्तुका प्रमुख दुर्गा कार्कीले बताउनु भयो । उमरी डाडालाई एकिकृत सुरइ सामुदायिक वनले पर्यटकीय प्रर्वद्धन संगै वन संरक्षणमा पनि गरेकोले बाटो भवन निर्माणका लागी ६ लाख रुपैया डिभिजनले दिएको उल्लेख गर्नु भयो ।


बृक्षारोपण दिवसकै अवसर पारेर डिभिजन वन कार्यालयले वन संरक्षणमा उत्कृष्ट हुने प्रथम द्धितिय र तृतिय सामुदायिक वनहरुलाई नगद सहित सम्मान गरेको छ । वन संरक्षणमा सुरक्षा प्रदान गर्ने, बन वातावरण तथा वन्य जन्तु संरक्षणमा पत्रकारीताको माध्यमबाट उत्कृष्ट समाचार सम्प्रेसण गर्ने पत्रकारलाई पनि नगद सहित सम्मान गरेको छ । सामुदायिक तर्फ प्रथम मनकामना सामुदायिक वन, दोस्रो हरियाली सामुदायिक वन,तेस्रो समयथान सामुदायिक वनलाई सम्मान गरेको छ । यस्तै वन संरक्षण सुरक्षा तर्फ वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजेन्द्र कुवँर, पत्रकारीता तर्फ सामुदायिक रेडियो समानताका स्टेशन म्यानेजर कृष्ण गैरे सम्मानित हुनभएको छ ।


प्रदेश नं. ५ उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयका सचिव डा. राधा वाग्लेको प्रमुख आथित्यता र डिभिजन वन कार्यालय गौत्तम बुद्ध कपिलवस्तुका प्रमुख दुर्गा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, वडा नं. १ का वडा अध्यक्ष जगत जि.सी. साझेदारी वन व्यवस्थापन महासंघ कपिलवस्तुका अध्यक्ष गंगेश तिवारी सामुदायिक वन महासंघ प्रदेश ५ सदस्य रामबहादुर के.सी.,सामुदायिक वनका सदस्य वन कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य एकिकृत सुरइ सामुदायिक वन उपभोत्ता समिति अध्यक्ष गुणनिधी घिमिरेले दिनु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP