Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

पर्वत अस्पतालमा मध्यरातमा दुई गर्भवतीको आकस्मिक शल्यक्रिया


पर्वत : दक्ष जनशक्ति र आवश्यक प्राविधिक पूर्वाधारको अभावमा केही वर्ष पहिलेसम्म ‘रिफर सेन्टर’ को उपनामले चिनिने गरेको थियो पर्वत अस्पताल। सामान्य उपचार बाहेकका अन्य ‘केस’हरूमा बिरामीहरूलाई सिधै पोखरा ‘रिफर’ गर्ने गरेको अस्पतालले गर्भवतीको आकस्मिक शल्यक्रियासमेत गरिरहेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार शुक्रबार राति सवा एक बजे र साढे तीन बजे दुई गर्भवतीको आकस्मिक शल्यक्रिया गरेर सकुशल बच्चा निकालिएको छ।

सुत्केरी हुनका लागि अस्पतालमा रहेका उनीहरू दुवैमा अचानक बच्चाको मुटुको धड्कनमा गडबडी देखिएपछि आमा र बच्चाको दुवैको खतरा टार्नको लागि शल्यक्रिया गरेरै बच्चा निकाल्नुपर्ने अवस्था आएपछि राति नै दुवै गर्भवतीहरूको सफल शल्यक्रिया भएको डा. बास्तोलाले बताए।

राति सवा एक बजे शल्यक्रिया गरिएको आमा र बाबु दुवै सानो उमेरको रहेको र विडम्बनापूर्ण शल्यक्रिया गरिएको उनको भनाइ छ। उनीहरूको जिम्मेवारी लिनको लागि आफन्त, परिवार वा अन्य कोही पनि उपस्थित नभएको भए पनि बच्चाको सुरक्षाका लागि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले शल्यक्रिया गर्नुपरेको हो। शल्यक्रिया गरेका दुवैजना आमा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

आवश्यक जनशक्तिको अभाव भोग्दै आइरहेको अस्पतालमा कम जनशक्तिबाटै बिहान सात बजेदेखि साँझ सात बजेसम्म ओपिडी सेवा सञ्चालन भइरहेको छ। बिहानदेखि बेलुकासम्म बिरामीकै सेवामा खटिएर फेरि रातभर पनि शल्यक्रिया जस्तो जिम्मेवार सेवामा संलग्न हुन पाउनुले नागरिकको विश्वास बढिरहेको डा. बास्तोलाको भनाइ छ।

‘हाम्रो निद्रा पूरा गर्नुभन्दा पनि कसैलाई जीवन दिनु धेरै महत्त्वपूर्ण कुरा हो। हामीहरू कम जनशक्तिले दैनिक १२ घण्टा ओपिडी सेवा दिइरहेका छौँ। तर पनि हाम लोड थपेर खटिरहेका छौँ’, उनले भने, ‘कर्मचारीहरूले रात दिन नभनी काम गर्नु, समितिले पनि सकेसम्मको उचित व्यवस्थापनको लागि काम गर्नु, नागरिकले पनि हामीमा विश्वास गर्नुको नतिजाले नै यहाँका बिरामीहरू पोखरा जानुपरेको छैन।’

पछिल्ला दिनहरूमा पर्वत जिल्ला मात्रै नभएर बागलुङ र म्याग्दीबाट आएका गर्भवतीहरूले समेत पर्वत अस्पतालमा आएर बच्चा जन्माउनु खुसीको कुरा भएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरी बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP