Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

देशलाई बस्न लायक बनाऔँ : प्रधानमन्त्री ओली


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बस्न लायक बनाउनुपर्ने बताएका छन्।

शनिवार काठमाडौंमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशबाट युवाहरू बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूको भएको बताए।

उनले अरूलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरूको भएको पनि स्विकारे। प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनुपर्ने आग्रह गरे।

उनले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने गरी काम गरिरहेको बताए। देशलाई सबल बनाउने गतिशीलताका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

ओलीले भने‚ ‘हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन्। देशलाई बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो। अहिलेका एक्टरहरू हामी हौँ। हामीले अरूलाई दोष लगाएर हुँदैन। सेवाग्राहीले अहिलेको सरकार र अहिलेको कर्मचारीतन्त्र यी सबै हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभूति गर्न पाऊन्।’

प्रधानमन्त्री ओलीले जनतालाई दिने सेवामा कुनै कमी हुन नदिन निर्देशन दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP