Trending
flash लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु राजनीति लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन समाज पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने राजनीति मन्त्रिपरिषद्‌का यी हुन् पछिल्ला २१ निर्णय (सूचीसहित) समाज काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति? समाज ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक राजनीति हवाई यात्रा सहज बनाइरहेको छु : मन्त्री पाण्डे अन्तर्राष्ट्रिय इजरायली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झण्डै १२ लाख पुग्‍यो समाज लाभग्राहीहरूको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन अन्तर्राष्ट्रिय इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

गलत जानकारी दिएर जनता उचाल्ने काम बन्द गरौं : बालेन


काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको टिप्पणी गरेका छन्। उनले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गरेका छन्।

‘खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने। सरकार आफ्नै। कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै’, बालेनले लेखेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ।’

बालेनले काठमाडौं महानगरपालिकालाई गाली गरेर न्याय पाउन नसक्ने पनि उल्लेख गरेका छन्। बरु यस्तो कानुन बनाउने नेतालाई नै प्रश्न गर्न उनले सुझाएका छन्।

‘तपाईंहरू न्याय खोज्नुहुन्छ भने काठमाडौं महानगरलाई गाली गरेर तपाईंले न्याय पाउनुहुन्न। तपाईंकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर। निकास दे भनेर आफ्नै नेतालाई भन्नुहोला’, उनले भनेका छन्।

नयाँ मापदण्डअन्तर्गत गर्ने कुनै घर नभत्कने भएकाले निश्चिन्त रहन पनि बालेनले आग्रह गरेका छन्। भत्काउने नै भए सरकारले मुआब्जा दिनुपर्ने उनको भनाइ छ।

‘५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन। तपाईंको लागि हामी छँदै छौँ’, उनले भनेका छन्, ‘केन्द्र सरकारलाई दबाब दिनुहोस् नियम परिवर्तनको लागि। जब नियम परिवर्तन हुन्छ हामी सोहीअनुसार फेरि सूचना जारी गरीहाल्नेछौँ। त्यतिन्जेल कोही नठगियोस् भन्ने चाहना मात्र हो हाम्रो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP