काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन्।
सोमवार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए।
उनले वीपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए। उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए।
उनले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा वीपीले जोड दिएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए।
सांसद कोइरालाले वीपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गर्नुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया