Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

समितिमा सुनुवाइ जारी, प्रस्तुति दिँदै प्रस्तावित राजदूत


काठमाडौं : संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबीचको सम्बन्ध, विश्व मञ्चमा दुई देशको भूमिका लगायतका बारेमा आफ्नो प्रस्तुति दिएका थिए।

उनले आफू प्रस्तावित मुलुकमा राजदूतका रुपमा काम गर्ने अवसर पाएको खण्डमा आर्थिक कूटनीतिका अलावा श्रम कूटनीतिलाई पनि उत्तिकै महत्त्व दिने बताए। उनले समितिलाई सो देशको बारेमा जानकारी गराउँदै दूतावासबाट हुने सेवा प्रवाहलाई थप परिस्कृत र वैज्ञानिक बनाउन पहल गर्ने धारणा राखे।

समितिले आज बेलायत, अमेरिका, श्रीलङ्काका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ। गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले भारतका लागि डा शङ्करप्रसाद शर्मा, चीनका लागि डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिश गरेको थियो।

त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्तराज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP