Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

लकडाउनको सय दिन : भिडभाडसँगै सङ्क्रमण बढ्यो

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगेको छ ।

चैत ११ गतेदेखि देशभर गरिएको लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । लकडाउनको यो मोडालिटी साउन ७ गतेसम्म कायम राख्ने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रसँगको समन्वयमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् ।

पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा भने डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । हिजोसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको  । २९ जनाको ज्यान गएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ को उपचार चलिरहेको छ ।

देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यका सहित घनाबस्तीमा सङ्क्रमण बढ्न थालेकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन, २ मिटरको दुरी कायम गर्न, मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP