Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

दशैँका लागि आज सुपथ पसल खुला, खसीबोकामा १० रूपैयाँ छुट


काठमाडौँ : दशैँमा सरकारले १० रूपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशंँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रूपैयाँ छुट दिने निर्णय गरेको हो।

कम्पनीले यो दशंँमा खसी बोका १५ सय र च्याङ्ग्रा ३ सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ। मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिनेछ। सरकारले आजदेखि सञ्चालनमा आएका सुपथ मूल्य पसलहरूबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ।

सुपथ मूल्य पसलमा विभिन्न प्रकारका दाल र चामलमा प्रति केजी ५ रूपैयाँ छुट दिइएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

उनका अनुसार तेलमा प्रतिलिटर ७ रूपैयाँले छुट दिइएको छ। यस्तै, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी, फापर दाना, चिनो, कागुनो, उवा, जुम्ली मार्सीमा प्रतिकेजी ७ रूपैयाँ छुट गरिएको छ। डिडिसी घ्युमा प्रतिकेजी १० रूपैयाँ छुट दिइने कम्पनीले जनाएको छ।

यसवर्ष ४२ जिल्लाका ६३ ठाउँमा सुपथ मूल्य सञ्चालनमा ल्याइएको छ। काठमाडौँ उपत्यकाका चार ठाउँ थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसलका बिक्री कक्षहरू राखिएका छन्। ती स्थानमा अनलाइन अर्डरमार्फत होम डेलिभरीको समेत सुविधा रहेको सूचना अधिकारी सुवेदीले बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP