पेट्रोलियम पदार्थको मुल्य नघटाए सरकारविरुद्ध आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघले) पेट्रोलियम पदार्थको मुल्य तत्काल नघटाए सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ।

बुधवार विज्ञप्ति जारी गर्दै नेविसंघले कोरोना महामारीका बेला जनतालाई आन्दोलनका लागि सडकमा आउन बाध्य नपार्न सरकारलाई चेतावनी दिएको हो।

महामारीका बेला न्युन मुल्यमा उपलब्ध गराउनुपर्नेमा उल्टै बढाएको भन्दै निर्णय फिर्ता लिन नेविसंघले आग्रह गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए।

सरकारले बुधवारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो। डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ बढाइएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP