Trending
अन्तर्राष्ट्रिय पुटिन र राष्ट्रसंघका महासचिवबीच पर्सि भेट हुने राजनीति कर्णालीमा किसानका दु:ख उस्तै, एकीकृत कृषि प्रयोगशाला आफैँ बिरामी अन्तर्राष्ट्रिय रुसी ड्रोन खसालिरहेका ‘निडर’ युक्रेनी महिला अन्तर्राष्ट्रिय लेबनानी बैंक तथा वित्तीय संस्थामा इजरायलको आक्रमण आर्थिक चाडबाडको मौका छोपेर व्पापारीले बढाए खाने तेलमा अत्यधिक मूल्य आर्थिक सुन तोलाको १ लाख ६५ हजार ६ सय राजनीति जुम्ला पुगे प्रचण्ड खेल पाल्पाको पूर्वखोलामा डेढ लाख राशीको भलिबल प्रतियोगिता हुने समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो अन्तर्राष्ट्रिय सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

कृष्णनगरमा ३ सय ४० जनालाई गाउँ ब्लकको पुर्जा वितरण


कृष्णनगर, १८ असोज ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हृदयनगरमा गाउँ ब्लक जग्गाको जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ । ३ सय ४० जना जग्गा धनीलाई गाउँ ब्लक जग्गाको प्रमाण पुर्जा वितरण गरिएको नापी विभाग कार्यालय कपिलवस्तुका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।

पुस्तौँदेखि भोगचलन गर्दै आएका नागरिकलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार गाउँ ब्लक जग्गाको प्रमाण पुर्जा वितरण गरेका हुन् । आफ्नो जग्गा भएर पनि दशकौँदेखि भूमिहीन बनेका गाउँ ब्लकका बासिन्दालाई सरकारले जग्गा धनी पुर्जा वितरण गरिरहेको छ । लामो समयदेखि गाउँ ब्लकमा रहेका तर पुर्जा पाउन नसकेका परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभाग कार्यालय कपिलवस्तुले धग्गा धनी पुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो ठाउँ आफै बनाउने चिन्तन गर्न आवश्यक रहेको बताएका छन् । उनले सरकारबाट जति धेरै लिन सकिन्छ त्यति लिने बताउँदै स्थानीय स्रोत, साधन र श्रम जोडेर आफ्नो ठाउँ आफै बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई समेत जग्गाधनी पुर्जा वितरण कार्यलाई मन्त्रालय लगायत सम्बन्धित निकायमा पहल भइरहेको मन्त्री अधिकारीको भनाइ छ । उनले बाल बिटौरीको पुर्जा वितरण कार्य कानुनी जटिलताले रोकिएको बताउँदै विस्तारै उक्त जग्गाको पुर्जा समेत वितरण हुने बताए ।

यस्तै पुस्तौँदेखि भोगचलन गर्दै आएका वडा नम्बर वडाबासीलाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरिएको नगर प्रमुख शाहले जनाए । लामो समयपछि नगरपालिकाको पहलमा गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण कार्यको सुरुवात भएको उनको भनाइ छ । पुस्तौँपुस्ता बिताएको जमिनको जग्गा धनी पुर्जा पाएपछि जग्गाको अधिकारविहीन भएर बस्नु परेको अवस्थाको अन्त्य भएको उनले बताए । गाउँ ब्लकको लालपुर्जा वितरण हुनु वडाबासीका लागि ठूलो उपलब्धी भएको उनले बताए ।

वर्षौदेखि भोगचलन गर्दै आएका जग्गा धनी पुर्जा पाएपछि सेवाग्राहीहरू खुसी भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP