Trending
समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

सरकारले विदेशबाट घर फर्कनेलाई देशमै केही गर्न सक्ने सपना दिन सक्नुपर्छ

अहिले वैदेशिक रोजगारीमा गएका मानिसलाई दुई कुराको चिन्ता छ । 

एक – रोग लागेर मरिएला कि भन्ने डर । 

दोस्रो – रोगबाट बाँचिहाले पनि भोकले मरिएला भन्ने चिन्ता । त्यसैले अहिलेको अवस्था संवेदनशिल छ । यहीबीचमा अहिले धेरैजना नेपाल अर्थात आफ्नै देश फर्कन पाएँ हुन्थ्यो भनेर बसेका छन् । याेजना आयोगले गठन गरेको एक कमिटीको अध्ययनले  ५ देखि ६ लाख मानिस विदेशबाट फर्कने अनुमान गरिएको छ । भारतबाहेक नै १२ हजारभन्दा मानिस आइसके । तर अब महत्वपूर्ण कुरा भनेको उनीहरुलाई काममा कसरी जोड्ने भन्ने हो ।

पहिलो कुरा त गाउँठाउँमा, देशमा रोजगारी नपाएर वा आम्दानीको बाटो नभएरै हो उनीहरु विदेश गएको छ । अब उनीहरु फर्किंए । पहिलो के थिएन र अहिले महामारीको बेला त्यस्तो के भएको छ र रोजगारी सृजना हुन्छ भन्ने कुरा पनि आउला तर हामीलाई कहिलेकाही बाध्यताले सम्भावनाहरू देखाउँछन् । अहिलेको अवस्था पनि त्यस्तै नै हो । 

अहिले झण्डै पाँच छ लाख नेपाली घर फर्कन अनुमान छ । अर्कोकुरा के छ भने यहीबेला नेपालमा काम गरिरहेका भारतीयहरु यहाँ काम छाडेर आफ्नै देश गएका छन् । उनीहरुले छाडेर गएको काममा पनि अहिले अवसर छ । विदेशबाट फर्कनेले त्यो काम गर्नसक्छन् अथवा सरकारले त्यो काममा लगाउन सक्छ ।  यहीबेला नेपालमा काम गरिरहेका भारतीयहरु यहाँ काम छाडेर आफ्नै देश गएका छन् । उनीहरुले छाडेर गएको काममा पनि अहिले अवसर छ । विदेशबाट फर्कनेले त्यो काम गर्नसक्छन् अथवा सरकारले त्यो काममा लगाउन सक्छ । 

अर्को  विकल्प चाहिँ के छ भने, हाम्रोमा देशमा आयात बढी छ । गएको वर्षमा मात्रै २३ अर्ब रुपैयाँ तरकारी विदेशबाट ल्यायौं । १५ अर्बको त फलफुल ल्यायौं । मासुसमेत आयात गर्‍यौं ।

त्यसैले यी तीन अत्यावश्यक कुरा मात्रै हामीले देशभित्रै उत्पादन गर्न सक्यौं भने मात्रै पनि त्यहाँ थुप्रै रोजगारीहरु सृजना हुन्छ र यसको फाइदा पनि चौतर्फी रुपमा छ । 

फेरि अहिले कोरोनाले के देखाइदियो भने यस्ता अत्यावश्यक बस्तु पनि विदेशबाट नआउने हो भने त रोग र भोगले मर्दा रहेछौं । त्यसैले आधारभूत आवश्यकता देशमै उत्पादन गर्नै पर्छ भनेर पनि देखायो ।

तर यस्ता उत्पादनमा विदेशबाट फर्कनेलाई लगाउनका लागि हामीसँग विशेष प्याकेज हुनुपर्छ । जनु प्याकेजमा ऋण हुन पर्‍यो, प्राविधिक ज्ञान हुन पर्‍यो र प्राविधिक सहयोग पनि हुन पर्‍यो । यसरी प्याकेज दिएर उत्पादन थालियो र भारतीयहरुले छाडेर गएको काममा लगाउन सक्यो भने पनि विदेशबाट फर्कनेले रोजगारी पाउन सक्छन्  । नेपालमै पनि सम्भावना छ । 

विदेशबाट फर्कनेलाई एउटा सपना दिन सक्नुपर्छ

अहिले कोरोनाको जोखिमसँगै विदेशबाट फर्कनेमा मनोवैज्ञानिक त्रास छ । देशमा गएर के गर्ने, काम पाइएला नपाइएला भन्ने अन्यौलता छ । तर यता नेपाललाई पनि श्रमिक त चाहिँएको छ । राष्ट्रिय गौरबका आयोजना सक्न छ । विमानस्थलहरु बनाउन छ । खाने पानीदेखि जलविद्युत आयोजनाहरु सक्न छ । त्यसैले त्यो त्रास हटाउनका लागि खासगरी सरकारले र दूतावासले एउटा एप बनाउन पर्‍यो ।रोजगारदाताले पनि आफूलाई आवश्यक परे अनुसारको श्रमिक छनोट गर्न पाउथें ।

विदेशबाट आउनुभन्दा पहिले नै उनीहरुको काम, सीप, क्षमता, रुचि लगायत सबै विवरण त्यसमै भर्ने र रोजगारदातालाई पनि त्यही एपमा जोड्ने हो भने विदेशमा हुँदै उनीहरुले कामको खोजी गर्न सक्थ्यें । रोजगारदाताले पनि आफूलाई आवश्यक परे अनुसारको श्रमिक छनोट गर्न पाउथें ।

अहिले विदेशबाट फर्कनेको मनोविज्ञान कमजोर छ । त्यसैले सरकारले यस्तो गर्नुपर्‍यो ताकी उनीहरुले विदेशबाट फर्कंदा नै देशमा केही गर्ने सपना बुन्दै जहाज चढ्न सकोस् । उनीहरुलाई नेपालले सपना दिन पर्छ । सपना यस्तो दिन पर्‍यो ताकि उनीहरुले क्वरेण्टीनमा बस्दा पनि आत्महत्या गर्नुपर्ने दिन नआओस् । उसले विदेशबाट आएपछि क्वरेण्टीन हुँदै घरसम्म पुग्दा यही केही गर्न सक्ने खालको योजना बनाउन सकोस् र त्यो वातावरण सरकारले बनाउन पर्‍यो । 

नभए त लकडाउनको अवधिमा धेरैले आत्महत्या गरे । त्यो सपना नभएर हो । एउटा दिक्दारी पनले हो । त्यसैले विदेशबाट फर्कनेले चाहिँ त्यस्तो भोग्न नपराेस् । सपनामा मेरो भविष्य छ र विपनासँग तालमेल छ, मेरो स्रोत र साधनले यसरी काम गर्छु भनेर योजना बनाउन पर्छ । स्वरोजगार होस् या बेरोजगार सबैलाई यो सपना दिन आवश्यक छ तर  अहिलेसम्म भइरहेको छैन । 

काममा सुरक्षाको प्रत्याभूती हुन पर्‍यो

तीन वटै सरकारले सबैभन्दा पहिला त अहिले विदेशबाट फर्कनेको मनोविज्ञान जित्न आवश्यक छ । कृषिमा लाग्नका लागि संरचनागत समस्याहरु छन् । भूमि वितरणको समस्या छ । यस्तै यस्तै विविध समस्याले युवाहरु विदेश गएका हुन् । यहाँ २५ हजारको काम नगर्ने तर त्यही २५ हजारका लागि लाखौं रुपैयाँ तिरेर विदेश जाने नेपालीको मनोविज्ञानलाई चिर्न जरुरी छ ।

निमार्ण क्षेत्रमा थुप्रो काम छ । त्यहाँ भारतीय र बंगलादेशले भरिभराउ थिए । त्यो काम तुरुन्त चालुहुन्छ । खाली मैले समुद्रपार गएर आएको मान्छे यहाँ हेलमेट लगाएर के काम गर्छु भन्ने मनोभावना चिर्न जरुरी छ । त्यो काम सरकारले गर्न पर्छ । कामको पनि ग्यारेण्टी गर्न सक्नुपर्छ । १५ दिन काम गरेर १६ दिनमा बेरोजगार हुने अवस्था नआओस् ।

कम्तीमा तीन महिना, ६ महिना रोजगारी हुनेगरी सरकारले सहजीकरण गर्न आवश्यक छ । यहाँ २५ हजारको काम नगर्ने तर त्यही २५ हजारका लागि लाखौं रुपैयाँ तिरेर विदेश जाने नेपालीको मनोविज्ञानलाई चिर्न जरुरी छ ।

त्यसका लागि सरकारले यी काम गर्न आवश्यक छ :

१. यहाँ पनि सुरक्षा हुन पर्‍यो । हेलमेट पञ्जा के के हुन्छ व्यवसायजन्य सुरक्षा विदेशमा जस्तै नेपालमा पनि हुन पर्‍यो । काम अनुसारको सुरक्षित वातावरण बनाउन आवश्यक छ ।

२ वीमाको वातावरण हुन पर्‍यो । त्यो विमा सरकार, पालिका कम्पनीले जसले गर्दा पनि हुन्छ ।

३. बासस्थानको व्यवास्था हुन पर्‍यो । काम गर्ने स्थानमा श्रमिक सुरक्षित भएर बस्न पनि सकोस् ।

४. सम्मानको वातावरण हुन पर्‍यो । उसको कामबाट जति कर काटिन्छ त्यसको सम्मान हुन पर्छ । उसको मनोविज्ञान जित्न यस्ता थुप्रै काम तीन तहका सरकारले गर्न आवश्यक छ । 

जुन गाउँपालिकामा, जुन काम चलेको छ त्यही काम दिने र त्यसबापत उसलाई सामाजिक सम्मान दिन सक्नुपर्यो । ताकी विदेशमा कोरोनाको कारण देश फर्किएकाहरू कोरोनाकै कारण फेरि विदेश जान नपरोस् भनेर तीनै तहका सरकारले काम गर्न पर्‍यो । हैन भने केही समयपछि अहिले विदेशमा समस्यामा परेर फर्किएकाहरू पनि अर्को कामको लोभमा विदेशीनेछन् । 

(डा. गुरुङसित कार्यक्रम देश परदेशका लागि सन्जिता देवकोटाले गर्नुभएको कुराकानीमा आधारित ।)

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP