Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

कृष्णनगरमा अभ्यास परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न


कृष्णनगर, १२ कार्तिक ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सार्वजनिक स्थानमा किशोरीहरुको सहभागिताका लागि सक्षम बनाउने वातावरणको सृजना (अभ्यास) परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

अभ्यास परियोजनाले मधेशी दलित समुदायका किशोरीहरुको पारिवारिक निर्णय, समुदाय, वडा हुँदै पालिकाको पहुँचमा बृद्धि, किशोरीहरु इच्छा अनुसार स्वतन्त्र रुपमा हिड्डुल गर्न, आफ्नो उमेर पुगेर बिवाह गर्न, पढाईको बारेमा स्वयं निर्णय गर्न सक्ने लगायतको विषयमा परियोजनाका कार्यक्रम संयोजक रिषीराम हरिजनले जानकारी दिए ।

परियोजनाले साँस्कृतिक तथा सामाजिक परम्परागत हानिकारक अभ्यासलाई निरन्तरता दिनको लागि प्रभाव पार्ने व्यक्तिहरुद्धारा साँस्कृतिक तथा सामाजिक परम्परागत हानिकारक अभ्यास बिरुद्ध लगायतका अभियानहरु सञ्चलन गर्ने उनले बताए ।

कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाहले स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको साझेदारीमा नागरिकको जीवनस्तरमा थप सुधार ल्याउन सकिने बताएका छन् । आगामी दिनमा नगरपालिकाले संस्थाको सिकाईलाई आधार बनाएर बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

उक्त परियोजना यु.एस.ए आइडी, सिभिल सोसाइटी एण्ड मिडिया तथा एसिया फाउण्डेसनको आर्थिक एवम् प्रविधिक सहयोग र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा कृष्णनगरको वडा नं. ६, ७, ८ र ९ कार्यक्रम लागु भएको छ ।

कार्यक्रममा नगर प्रवक्ता एवम् वडा नं. १० का वडाध्यक्ष हरिपाल चर्तुवेदी, वडा नं. ९ का वडाध्यक्ष सतीश कुमार हरिजन, गैर सरकारी संस्थाका अध्यक्ष जय प्रकाश पाण्डेय, राम गोरखा मावि बहादुरगंजका सहायक प्रधानाध्यापक पूर्णनन्द मिश्र, किशोरी अधिकार मंच कृष्णनगरकी अध्यक्ष रुपा कश्यप, संस्थाका कार्यकारी निर्देशक राम शरण रैदास लगायतको उपस्थिति रहेको थियो । दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोविन्द धवलले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP