Trending
समाज कालिकोटमा जिप दुर्घटना नौ जनाको मृत्यु राजनीति रविलाई अझै १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति राजनीति सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला नियुक्त समाज चीन र अमेरिकाका लागि नियुक्त भए राजदूत समाज मृत्युमार्ग जस्तै बने कर्णालीका सडक, भिआइपीलाई बस चढेर हिँड्न आग्रह राजनीति अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा राजनीति सहकारी ठगबाट पैसा असुलेर पीडितलाई फिर्ता गर्छौं : मन्त्री यादव समाज मिथिलाञ्चलमा सामा चकेवाको रौनक शुरु अन्तर्राष्ट्रिय इजिप्टले जर्मनीबाट ६७ कलाकृति बरामद गर्‍यो राजनीति पुलिसको पञ्जाबाट बोले लीलाबल्लभ – अनुसन्धानमा सघाउन काठमाडौं हिँडेँ

परराष्ट्रसचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

काठमाडौं : परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई सर्वसम्मत बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।

अनुमोदित हुनुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले उनलाई ‘देशको हितमा काम गर्न सक्नुहुन्छ?’ भनेर सोधेका थिए। जवाफमा लम्सालले आफूसँग भूराजनीतिमा काम गरेको अनुभव रहेको भन्दै देशको लागि मिल्ने कुरा गरेर देखाउने बताइन्। साथै उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्। यस क्रममा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरममा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाइन्।

भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्साललाई सिफारिस गरेको थियो। उनलाई मन्त्रिपरिषदले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेको थियो।​ उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।

समितिबाट अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गर्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP