Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

सुपारीको सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : सभापति खान

काठमाडौँ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सुपारीलाई सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै सभापति खानले सुपारी सहज निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले उद्योग समितिले सुपारी निर्यातका लागि सरकारलाई दिर्नेशन समेत दिइसकेको भन्दै कार्यान्वयन हुन नसकेको बताए।

उनले अन्य बालीजस्तै सुपारी पनि कृषि उत्पादन भएको भन्दै यसको पनि निर्यात खोल्नुपर्नेमा जोड दिए। उनले निर्यात बन्द गरेर आयात मात्रै गर्ने हो भने देश समृद्ध हुन नसक्ने बताए। सुपारी निर्यात रोकेर समस्याको समाधान हुन नसक्ने उनको भनाइ छ।

खानले भने‚ ‘हामीले सुपारीको निकासी दिइरहेका छैनौँ। तैपनि चोरी, पैठारी, निकासी भइरहेको छ। राज्य पनि ठगिइरहेको छ। अर्कोतिर किसान पनि मर्कामा परिररहेका छन्। यो विस्तृत जाँचबुझ अध्ययन गरेर हाम्रो समितिले एउटा निर्देशन दियौँ। रोकेर समस्या समाधान छैन भन्नेमा हामी पुगिसकेका छौँ। स्पष्ट भएरै हामीले यो निर्देशन दिएको हो।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपालकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकी सदस्य रेखा यादवले सुपारी खेतीलाई सरकारले महत्व नदिएको किसानहरूको गुनासो रहेको बताइन्।

बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकी सदस्य सीता मिजारले उद्योग समितिले सुपारीको डिएनए परीक्षण गरेर भए पनि निर्यात गर्नु भनेर निर्देशन दिइसकेको बताइन्।

उनले सुपारी निर्यात सम्बन्धी विवाद लामो समयदेखि कायम रहेको भन्दै यसप्रति सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP