Trending
राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट flash विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी राजनीति नेपालमा १० लाख एकल महिला समाज पर्वत अस्पतालमा जिल्लामै पहिलोपटक ‘फिजियोथेरापी’ सेवा राजनीति उद्योगमन्त्री भण्डारीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई गरे आह्‍वान राजनीति चीन भ्रमणमा स्वास्थ्यको एजेण्डा : न्यूरो अस्पताल निर्माणदेखि ५० वटा एम्बुलेन्स राजनीति जनप्रतिनिधिले तलब पाउने चलन ठिक होइन : मुख्यमन्त्री आचार्य

रविलाई अझै १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

पोखरा : सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। योसहित रविको चौथोपटक म्याद थप भएको हो।

काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो।

प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो। यसअघि अदालतले थप अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, जिवि राई निकट मानिएकी लिला पछाई र रामबहादुर खनाललाई पनि १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो। लामिछानेलाई तेस्रो पटक थपिएको म्याद कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ गते सकिएको हो। हिजो शनिबार भएकाले प्रहरीले आज लामिछानेसहित तिनैजनालाई अदालत उपस्थित गराएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP