Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

बिआरआईमा हतारमा हस्ताक्षर गर्नु हुँदैन : विमलेन्द्र

काठमाडौं : नेपाल काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्।

शुक्रवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा नेता निधिले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन्। उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उल्लेख गरे।

उनले नेपाली काँग्रेसले चीनबाट बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरुमा अनुदान मात्रै लिने नीति अंगालेको बताए। बिआरआईअन्तर्गत ऋण लिन आफूहरुले नचाहेको बताए। उनले बिआरआई प्रोजेक्टमा व्यापक, विस्तृत रुपमा राष्ट्रियस्तरमा छलफल हुनु जरुरी रहेको उल्लेख गरे।

उनले भने, ‘बिआरआई चिनियाँ पोलिसी हो। त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ। प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा केके कुरा सही गर्ने? केके कुरा सम्झौताहरु गर्ने भन्ने विषयमा। नेपाली काँग्रेसको शुरुदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनै पनि विकासका कुराहरुमा अनुदान मात्रै लिन्छौँ। लोनमा हामी जाँदैनौँ। बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ।’

नेता निधिले बिआरआई प्रोजेक्ट नेपालको हितमा छ वा छैन? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो भन्नेबारेमा व्यापक छलफल जरुरी रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP