काठमाडौं : चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ।
शनिवार नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन्। विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताए।
कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै सहयोगा लागि चीन सरकारलाई धन्यवाद दिए।
उनले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरु आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभई काठमाडौं जिल्लाभर सेवा बिस्तार गर्नुपर्ने बताए। उनले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरुलाई निर्देशनसमेत दिए।
उनले विं स. २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आइपुग्दा अस्पतालको रुपमा विकास हुनु खुसीको कुरा भएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया