Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता

काठमाडौं : विकसित देशहरुले जलवायु परिवर्तनको असर सामना गरिरहेका विकासशील देशहरुलाई ३ सय बिलियन डलर रकम दिने सहमति भएको छ।

अजरबैजानको बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन कोप–२९ मा जलवायु परिवर्तनको सामना गर्न र रोकथामका लागि उक्त सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो।

यो सहमतिका लागि सम्मेलन ३३ घण्टा लम्बिएको थियो । विकासशील देशहरुले कम्तीमा १ हजार बिलियन डलरको अडान राखेका थिए। विकसित देशहरु जलवायु परिवर्तनका असरबाट भएका क्षतिपूर्तिका लागि तत्काल तयार नहुँदा कतिपय विकासशील देशहरुले असन्तुष्टी जनाउँदै सम्मेलन बहिस्कार समेत गरेका थिए।

समग्रमा ३ सय अर्ब डलर सहायता दिने निर्णयले गरीब राष्ट्रहरुलाई जलवायु संकटसँग जुध्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सन् २०३५ सम्म यस्तो रकम बढाएर १ दशमलब ३ ट्रिलियन डलरसम्म पु¥याउने सहमति भएको छ।

यस सम्मेलनमा विकसित राष्ट्रहरूले जैविक इन्धनको प्रयोग घटाउने दिशामा ठोस प्रतिबद्धता चाहेका थिए, तर यसमा प्रगति हुन सकेन।

जलवायु परिवर्तनको संकटसँग जुझ्नका लागि यो सम्झौता एक महत्त्वपूर्ण कदम भए पनि, आगामी वर्षहरूमा यसको सफल कार्यान्वयनका लागि ठूलो चुनौती रहेको विश्लेषकहरूको भनाइ छ।

यो सम्मेलनमा नेपालले जलवायु परिवर्तनले मौसमजन्य घटनाहरुमा भएको बढोत्तरी तथा क्षति जस्ता विषयलाई प्राथमिकताका साथ उठाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP