Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

महाराष्ट्रमा विजेपी गठबन्धनलाई दुई तिहाइ मत

एजेन्सी

काठमाडौं : भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ।

२ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। महायुति गठबन्धनको बिजेपीले १ सय ३२ सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेनाले ५७ र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपीले ४१ सिटमा जित हासिल गर्‍यो।

कांग्रेस नेतृत्वको गठबन्धनले भने जम्मा ४९ सिट प्राप्त गर्‍यो। प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासनको संज्ञा दिएका छन्। ​

झारखण्डमा भने इण्डिया गठबन्धनले बहुमत ल्याएको छ। त्यहाँ ५६ सिटमा इण्डिया गठबन्धन विजयी भयो। यहाँ झारखण्ड मुक्तिमोर्चाले ३४ सिट जित्दा विजेपी २१ सिटमा विजयी भयो। त्यहाँ मुख्यमन्त्रीमा हेमन्त सोरेन नै दोहोरिने सम्भावना रहेको बताइएको छ। ​ झारखण्डको ८१ विधानसभा सिटका लागि २ चरणमा चुनाव भएको थियो।

यता कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्तर चार लाख बढी रहेको छ।

राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल गान्धी केरलको वायनाड र राय बरेलीबाट चुनाव लडेका थिए। दुवै क्षेत्रमा विजयी भएपछि राहुलले राय बरेलीलाई आफ्नो निर्वाचन क्षेत्र चुनेका थिए।

यसैगरी महाराष्टको नन्देडमा भएको लोकसभामा कांग्रसेका उम्मेदवार रविन्द्र वसन्तराव विजयी भए। उनले विजेपी उम्मेदवारलाई १४ सय ५७ मतले हराएका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP