एजेन्सी
टर्की सरकारले अदालतको फैसलापछि पूर्वी प्रान्त टुन्सेलीमा प्रजातान्त्रिक रूपमा निर्वाचित दुई मेयरहरूलाई प्रतिस्थापन गरेको छ। टर्कीको आन्तरिक मन्त्रालयका अनुसार टुन्सेली शहरका मेयर सेभडेट कोनाक र ओभाकिक जिल्लाका मेयर मुस्तफा सारिगुललाई आतंकवादी संगठनको सदस्य भएको आरोपमा ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएपछि पदबाट हटाइएको हो।
पिपल्स इक्वालिटी एण्ड डेमोक्रेसी (डीईएम) पार्टीका तर्फबाट सेभदेत कोनाक र रिपब्लिकन पिपुल्स पार्टीबाट मुस्तफा सारिगुल मार्चमा भएको स्थानीय चुनावमा निर्वाचित भएका थिए। उनीहरुको स्थानमा टुन्सेली प्रान्तीय गभर्नर बुलेन्ट टेकबियिकोग्लुलाई टुन्सेली शहरको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ भने ओभाकिकका जिल्ला गभर्नर हुसेन सामिल सोजेनलाई ओभाकिकको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया