Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

जरिवाना नतिर्ने एमालेको अडान, पत्र नै नआएको जिकिरपत्र पुर्‍याइसकेका छौँ, जसरी पनि जरिवाना असुल्छौँ : महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको एमालेले जनाएको छ। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले हालसम्म उक्त प्राप्त नभएको जानकारी दिए।

महानगरपालिकाले गत शुक्रबार दरबारमार्गमा एमालेले सभा गर्दा फोहोर गरेको भन्दै एक लाख जरिवाना तोकेको पत्र सामाजिक संजालमा सार्वजनिक भएको थियो।

उक्त पत्रमा भनिएको छ,‘मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं -१ दरवारमार्गस्थित​ खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण​ गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० अक्षरुपी एक लाख जरिवान गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु।’

पत्र पाए पनि जरिवाना नतिर्ने एमाले केन्द्रीय कार्यालय सचिव अधिकारीले बताए। उनले भने,‘पत्र प्राप्त भएको छैन,पत्र पाए पनि जरिवाना तिर्दैनौँ,अवैध तरिकाले काटेको पत्रको किन जरिवाना तिर्नु?,हामीले सरसफाइ सकेपछि पत्र काटेको सामाजिक सञ्जालमा आएको थियो।’

यता,महानगरपालिकाले भने उक्त पत्र एमालेलाई पठाइसकेको जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले शुक्रबार नै पत्र पठाइसकेको जानकारी दिए। उनले भने,‘हामीले पत्र पठाइसकेका छौँ,त्यहाँ नपुग्ने त कुरै भएन।’

यतिबेला काठमाडौं महानगर प्रमुख बालेन साह (बालेन्द्र) छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओली छन्। यो पत्र विवादलाई प्राय: मानिसहरूले बालेन र एमाले अध्यक्ष ओलीबीचको प्रतिशोधका रूपमा लिएका छन्। केही समय अगाडि महानगर प्रमुख बालेन र एमाले अध्यक्ष ओलीबीच राजनीतिक दोहोरी नै चलेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP