Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

ओलीले डाकेको बैठकमा बाबुराम नजाने

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने भएका छन् ।

आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।

चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीलगायतको बैठक बोलाएका छन्।

आफू सहभागी हुन नपाउने भए पनि भट्टराईले सामाजिक सञ्जालमा नै प्रधानमन्त्रीलाई केही सुझाव दिएका छन्। उनले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै आफ्नो सार्वभौमसत्तालाई ख्याल राख्न सुझाव दिएका छन् ।

भट्टराईले दुई उदीयमान शक्तिहरू चीन र भारतबीचको नेपालको विशिष्ट भूरणनीतिक, भूराजनीतिक र​ भूआर्थिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रिपूर्ण सम्बन्ध कायम गर्नेतर्फ ख्याल ग गर्न पनि भनेका छन्।

यस्तै नेपालको कमजोर अर्थतन्त्रलाई कम भन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सद्भाव चाहिने जनाएका छन्। चीनको बीआरआईबाट फाइदा उठाउन चुक्न नहुनेमा भट्टराईले जोड दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP